अध्यक्ष ओलीको कटाक्ष : पदक रत्नपार्कमा बसेर वितरण गरेको जस्तो छ !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले हालै वितरण गरेको पदकप्रति तिखो कटाक्ष गर्नुभएको छ ।

उहाँले सरकारले आफ्नो विरोध नहोस् भनेर जथाभाबी पदक तथा विभूषण वितरण गरेको आरोप लगाउनुभयो । मंगलबार श्वेतशार्दुल नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले आफ्नो सरकारले त्यसैगरी पदक वितरण गरेको भए खपिनसक्नु हुने टिप्पणी गर्नुभयो ।

‘यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वार ह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ..ओ हो.. के हुन्थ्यो ? बुद्धिजीवी, नागरिक समाजले के भन्थे’, ओलीको प्रश्न छ । तर अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप र शान्त रहेको उहाँको भनाई छ ।

Comments
Loading...