पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

गुल्मी । गुल्मीमा पहिराले घर पुरिदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मंगलबार रातिको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिनुभयो । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।

पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले जानकारी दिनुभयो ।

Comments
Loading...