एमसिसी पारित गरेर देश र जनतालाई कलंक नबनाउन पोखराबाट विप्लवको चेतावनी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) देशको विरुद्धमा रहेको बताउनुभएको छ ।

पार्टीको विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी) आजदेखी पोखरामा शुरु भएको २२ औँ राष्ट्रिय सम्मेलनको चिप्लेढुँगामा उद्घाटन गर्दै एमसिसी जर्वजस्ती लादिएको खण्डमा एमसिसी ल्याउनेलाई पनि नछाडिने बताउनुभएको छ ।

नेपालका स्वाभिमानी नागरिक, किसान, मजदुर र क्रान्तिकारी देशभक्त जनता एमसिसीको विरोधमा रेहकाले सत्तामा बसेका दलले एमसिसी पारित गरेर जनता र देशलाई कलङ्क बनाउन खोजे देशभक्त जनताले प्रतिवाद गर्ने बताउनुभयो ।

अहिलेको संसदीय राजनीतिक व्यवस्था असफल भइसकेको र यसले अराजकता मच्चाएकाले आफूहरुको माग जनमत सङ्ग्रह रहेको उहाँले बताउनुभयो । वैज्ञानिक समाजवादले मात्र अहिलेको समस्या समाधान गर्न सक्ने उहाँको भनाई छ ।

महासचिव चन्दले आफ्नो पार्टीको सबैभन्दा ठूलो हतियार जनताको शक्ति भएको भन्दै सत्य, न्याय र परिर्वतनका लागि सँधै सङ्घर्ष गरिरहने उल्लेख गर्नुभयो ।

सम्मेलन असोज ८ गते शुक्रबारसम्म क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिनुभयो । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव सम्मेलनमा पेश गरिने ढकालले बताउनुभयो ।

सम्मेलनमा देशभरबाट ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि भएको जनाइएको छ ।

Comments
Loading...