काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापतिमा विरेन्द्र गुरुङ निर्वाचित

हिमाली आवाज । नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका कास्कीको अधिवेशनबाट सभापति पदमा विरेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँपालिकाको आज सम्पन्न अधिवेशनमा मधुसुदन अधिकारीलाई पराजित गर्दै गुरुङ सभापतिमा निर्वाचित हुनुभएको हो । गुरुङले ९१ मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाउनुभयो । सभापतिमा निर्वाचित गुरुङ वडा नं १ को वडाध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी उपसभापतिमा राम गुरुङ र मीनबहादुर गुरुङ निर्वाचित हुनुभयो । सचिव पदमा सञ्जय लम्साल र केशवराज अधिकारी, सहसचिवमा बालकृष्ण गौतम र महादेव गुुरुङ निर्वाचित हुनुभएको छ । अन्य पदमा भने यसअघिनै सर्वसम्मत सदस्य निर्वाचित भएका छन् ।

 

Comments
Loading...