राष्ट्रिय कर्मचारी संगठन कास्कीमा नयाँ नेतृत्व :अध्यक्षमा अर्जुनदेव

हिमाली आवाज । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन कास्कीको अध्यक्षमा अर्जुनदेव ज्ञवाली निर्विरोध निर्वाचित हुनुभएको छ ।

संगठनको आज पोखरामामा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले ज्ञवालीको अध्यक्षतामा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको हो ।
संगठनको उपाध्यक्षमा पदमलाल अधिकारी र सृजना केसी रहनुभएको छ । सचिवमा श्याम लामिछाने, सहसचिवमा गोविन्द रिजाल, र कोषाध्यक्षमा रविमोहन पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा नारायण पाठक, सागर घिमिरे, दीपेश मिजार, सोमनाथ भण्डारी, रमेश बस्नेत,मालति दाहाल, राजेन्द्र प्रसाद पौडेल, वासुदेव पौडेल, तुलसीप्रसाद आचार्य, डिल्लीराम शर्मा, सुदिन मोक्तान र कृष्णबहादुर विक हुनुहुन्छ । अधिवेशनको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले उद्घाटन गर्नुभएको थियो ।

Comments
Loading...