हिमाली आवाज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगर पालिकाको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी हुनुभएको छ ।
महानगर सभापति चयनका लागि शनिबार भएको मतदान र आइतबार बिहान सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पराजित गर्दै विजुक्छे सभापतिमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा एक हजार ३४४ मत खसेको थियो ।
निर्वाचित बिजुक्छेले ४१४ मत प्राप्त गर्दा निकटम प्रत्याशी पराजुलीले ३४६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सभापतिका अन्य प्रत्याशीहरु रामराज लामिछाने २०९,मीलन तिवारी १५३ , मोहन बास्तोला १२६ र ज्योति हमालले ११ मत पाउनुभयो ।
यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी हुनुभयो । सचिवमा गणेशबहादुर थापा र टुवराज बास्तोला विजयी हुनुभएको छ ।
यसैगरी सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।