गण्डकीका मुख्यमन्त्री पोखरेल–इयु राजदूत नोना भेट

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आवद्ध मुलुकहरुसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकहरुको पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

२०७२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात्को पुनर्निमाणमा युरोपियन युनियनको सहयोग अतुलनीय रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो। नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता बृद्धि, विद्यालय क्षेत्र विकास योजना अन्तर्गत शिक्षा क्षेत्रको सुधार,बहुक्षेत्रीय पोषणमारहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको भनाइ उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘दिगो विकास लक्ष्य प्राप्तिका लागि उपलब्ध गराएको सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन् ।’

गण्डकी प्रदेशको तीनवटा अन्तर्राष्ट्रिय नाका भएता पनि अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्न नसकिएको मुख्यमन्त्री पोखरेलले बताउँदै भन्नुभयो,‘एकातिर व्यापार विस्तारका लागि उपयुक्त पूर्वाधार विकास गर्न बाँकी छ भने अर्कोतर्फ निर्यात योग्य वस्तुको उत्पानदमा ध्यान दिनु आवश्यक छ,’।

भेटवार्तामा रानदूत नोना डेप्रेले नेपालको संघयिता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण गराउँदै भन्नुभयो,‘गरिबी निवारण, वहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सघाउन इयु तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारवाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राख्नुभयो ।

भेटवार्तामा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी रहनुभएको थियो । राजदूत नोनाले आइतबार नै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. काफ्लेसँग अलगअलग भेट गर्नुभएको छ ।

Comments
Loading...