हिमाली आवाज । पोखराका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ। यू ६०१–९ एनएजेओ जहाज ककपिटमा धुवाँ देखिएपछि पोखरा नपुगी काठमाडौंतर्फ नै फिर्ता भएको हो।
उक्त जहाज बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । अचानक जहाजको ककपिटबाट धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको बताइन्छ ।