एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।

ज्वरो र खोकीको समस्याका कारण बुधबार अध्यक्ष नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

Comments
Loading...