कृषि उपज बजार प्रदेश सरकार मातहतमा रहे विचौलियाको अन्त्य हुन्छ : अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नं ९ शान्तिबनमा रहेको कृषि उपज बजार प्रदेश सरकारको मातहतमा ल्यानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघको १८ औं साधारण सभा एवं नवौं अधिवेसनको आज उद्घाटन गर्दै उहाँले कृषि उपज बजारमा विचौलियाको विगविगि अन्त्य गर्न र कृषकलाई उत्साहित बनाउन समेत बजार प्रदेश मातहतमा रहनुपर्ने बताउनुभयो । ४६ रोपनी क्षेत्रफलमा फैलिएको बजार अहिलेपनि संघीय सरकारको हातहतमा छ ।बजारलाई व्यवस्थित बनाउँदै गुणस्तरीय तरकारी फलफूल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्री बरालले आफ्नै ठाउँमा कृषि उपज फलाउने र बजारमा ल्याएर बिक्री गर्नुपर्नेमा सीमापारिबाट ल्याइएको उपज बिक्रीले समृद्धि हासिल नहुने उल्लेख गनुभयो । उहाँले भन्नुभयो,“ हामी कसैको व्यापारीमात्र नबनौँ, आफ्नै ठाउँमा केही उत्पादन गरौँ ।” बरालले पछिल्लो समयमा अधिकांश फलफूल तरकारीमा बिषादीको मात्रा बढ्दै गएमा चिन्त्ता व्यत्त गर्दै बिषादी रहित फलफूल तरकारी उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनु ।

उहाँले भन्नुभयो“ हाम्रो मानव स्वास्थ्यलाई असर पर्ने गरी हाल हामीले बजारमा बिषादी मिसावट भएको फलफूल तरकारी सेवन गर्न बाध्य भएका छौं, यसले गर्दा हामीलाई दीर्घकालीन रुपमा ठुलो असर पार्छ । ”

पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले कोरोनाले थलिएका व्यावसायीको लागि घर भाडा छुटको प्याकेज आवश्यक भएको बताउनु भयो । ३५ प्रतिशत व्यवसायी कोरोनाले गर्दा बिस्थापित भएको उहाँको दाबी छ । पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले फलफूल तरकारीको समेत बिमाको व्यबस्था हुनुपर्ने माग गर्नु भयो । व्यवसायी सक्षम नभएसम्म देश सक्षम नहुने हुदा राज्यले यति वेला व्यवसायलाई राहत प्याकेज दिनुपर्ने माग गर्नु भयो ।

संस्थाका अध्यक्ष निर्मल प्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कलम प्रसाद पौडेल, संस्थाका निवर्तमान अध्यक्ष छेवाङ तामाङ, पूर्व अध्यक्ष केदार प्रसाद पौडेल, पूर्व अध्यक्ष रामकृष्ण दवाडी, उपाध्यक्ष राधिका थापा, सचिव सरस्वती श्रेष्ठ लगायतले बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा रामदेव धोवी र हरी राम गौडलाई संस्थाले सम्मानको घोषणा गरेकोे थियो । अख्तियार दुरुपायोग अनुसन्धान आयोगको आदेशले ६ महिना भित्र स्टल खुल्ला गर्न जारी गरेको सूचनाले आफुहरु हाल शसंकित भएको अध्यक्ष बास्तोलाले बताउनुभयो ।

 

Comments
Loading...