भायानेट दशैँ अफर : बडा दशैंमा बडा स्पीड, बडा टिभी

हिमाली आवाज । देशभर इन्टरनेट सेवा प्रदायक भायानेटले दशैँका लागि आकर्षक अफर ल्याएको छ ।

वडादशैँ, दीपावली लगायतका पर्वहरुलाई लक्ष्य गरी ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआइ एण्ड्रोइट टिभिमा भारी छुट दिनको लागि भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर! सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।

चाडपर्वको अवसरमा घरको लागि प्रायःनयाँ सामानकिन्ने चलनर इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको हो ।

व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायनोटले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि रहेको कम्पनीले जनाएको छ ।

Comments
Loading...