माछापुच्छ्रे गाउँपालिकामा एकीकृत समाजवादीको भेला : ४५ सदस्सीय पालिका कमिटी गठन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को भेला सम्पन्न भएको छ ।

भेलाले लालबहादुर परियारको अध्यक्षतामा ४५ सदस्सीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्ण गुरुङ र सुजन पौडेल सचिव दुर्गा अधिकारी सचिव र उपसचिवमा दिलिप गुरुङ रहनुभएको छ ।

पार्टीका नेता एवं संविधानसभा सदस्य चुडामणि जंगलीले एमालेले जनतामो मतलाई अपमान गरेर दुई दुई पटक प्रतिनिधिसभा विगठन गरेको बताउनुभयो ।

भेलामा पार्टी जिल्ला अध्यक्ष धनराज आचार्य, प्रदेश सदस्यद्धय दलबहादुर गुरुङ र गोपाल गिरी, जिल्ला सचिव होम नेपाली, उपसचिव पुर्ण लामा, पार्टी नेता डिवी राई, युवा संघ नेपाल कास्की अध्यक्ष असिम गुरुङ लगायतले पार्टीका शिर्षस्थ नेताहरुलाई अपमान गरी पार्टीलाई गलत ढङ्गले संचालन गरेकाले जनताको पक्षमा क्रियाशिल हुन एमालेबाट विद्रोह गरी नेकपा (एकिकृत समाजबादी) गठन गरेको बताउनुभएको थियो ।

लालबहादुर परियारको अध्यक्षतामा सम्पन्न भेलाको संचालन पार्टीका जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं ३ का इन्चार्ज यदुनाथ अधिकारीले गर्नुभएको थियो भने स्वागत रामप्रसाद अधिकारीले गर्नुभएको थियो।

Comments
Loading...