साफ च्याम्पियनसिप : बंगलादेशको विजयी शुरुआत,नेपाल र माल्दिभ्स केहीबेरपछि भिड्दै

हिमाली आवाज । दक्षिण एशियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता १३ औँ संस्करणको साफ च्याम्पियनसिप आजदेखी माल्दिभ्समा शुरु भएको छ ।

माल्दिभम्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको उद्घाटन खेलमा बंगालदेशले विजयी शुरुआत गरेको छ । बंगलादेशले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो । बंगलादेशका लागि तोपु बर्मानले खेलको ५६ औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

दोस्रो हाफमा श्रीलंका १० खेलाडीमा सिमित भएको थियो । सोको फाइदा बंगलादेशले लिएको हो ।
यसैगरी आज रातिनै नेपाल र आयोजक माल्दिभ्सको भीड्दैछन् । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ ।

Comments
Loading...