ऐतिहासिक जित सहित साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुआत

हिमाली आवाज । नेपालले पहिलो पटक माल्दिभसलाई साफ च्याम्पियनसिप फुटबलमा पराजित गरेको छ ।

दक्षिण एशियाली फुटबलको महाकुम्भ साफ फुटबलको हिजो आफ्नो पहिलो खेलामा नेपालले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गर्नुभयो । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ । नेपालले माल्दिभ्सलाई सन् १९९९ पछि पहिलोपटक पराजित गरेको हो ।

Comments
Loading...