कास्कीमा एकीकृत समाजवादीको संगठन निर्माण अभियान,वडा नं १५ मा भेला

हिमाली आवाज । नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ ।

यसै क्रममा पोखरा महानगरपालिका वार्ड नं १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटिको उपाध्यक्ष्यमा गुरूदत्तपौडेल, कुमारी गरुङ रहनुभएको छ भने सचिवमा मदन गिरी रहनु भएको छ ।

भेलाको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि, नेकपा(एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य श्रीनाथ बरालले आफ्नै पार्टीको झण्डै दुईतिहाईको वहुमतको संसद माथी असंवैधानिक तवरले पटक पटक एमालले प्रहार गरेको बताउनुभयो ।

आफ्नै नेतृत्वको सरकार अनि पार्टी बचाउन नसक्नेहरूको बोलवाल रहेको एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न नसक्ने भएकाले आफुहरूले विद्रोह गरी नयाँँ पार्टीको रूपमा कम्यूनिष्ट पार्टीको पुर्नगठन गरेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका पोखरा महानगर अध्यक्ष मुक्ति पौडेल, जिल्ला उपसचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिवी राई, चित्र वराल, पुनलाल विक, जिल्ला कमिदी सदस्यहरु शर्मिला पौडेल, ख्यामनारायण पौडेल, मुक्ति गुरुङ लगायतले पुष्पलाल, मदन र मनमोहनले देखेको सपनालाई साकार पार्ने दयित्व आफ्नो पार्टीको काँधमा आएको बताउदै सवै भ्रमहरुलाई चिर्दै कार्यकर्ताहरुले जनताको बीचमा गएर काम गर्नु पर्नेमा दिनुभएको थियो ।

वडाका जेष्ठ कम्यूनिष्ट नेता ओम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वेन गरुङ र स्वागत गणेश कार्कीले गर्नुभयो।

Comments
Loading...