अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह,नेतृत्वमा पहिलो पटक महिला

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिँह बन्नु हुने भएको छ । क्रान्तिकारीको असोज १४ गतेबाट जारी २२ औँ राष्ट्रिय सम्मेलनमा निर्वतमान उपाध्यक्ष सिँह अध्यक्ष बन्न लाग्नु भएको हो । क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा नेकपा माओवादी केन्द्रको स्थायी समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आज विहान अध्यक्ष निवास खुमलटार पुगेका विद्यार्थी नेताहरुलाई अध्यक्ष प्रचण्डले सिंहलाई नेतृत्वमा चयन गर्ने बताउनुभएको थियो ।। यो सँगै अखिलले आफ्नो इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाउने भएको छ ।

अध्यक्षका मुख्य दावेदार सिंह, सुरेन्द्र बस्नेत र तिलकराज भण्डारी हुनुहुन्थ्यो । अन्य पदाधिकारी र केन्द्रीय समिति भने चयन गर्न बाँकी छ ।
एक विद्यार्थी नेताका अनुसार अन्य पदाधिकारी चयन गर्नेबारे विद्यार्थी नेताहरुबिच छलफल भईरहेको छ ।

Comments
Loading...