राष्ट्रसेवक सहकारी सञ्चालक समितिको अध्यक्षमा ढुँगाना निर्वाचित

हिमाली आवाज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८ को सञ्चालक समितिको अध्यक्षमा राममणि ढुँगाना निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थाको १० औँ अधिवेशनले ढुँगानाको अध्यक्षतामा नौ सदस्सीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । नेपाल निजामती कर्मचारी सङ्गठन कास्कीको अभिभावकत्वमा सो सहकारी संस्था संचालनमा रहेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा मधु आचार्य बराल, सचिव माधवप्रसाद पौडेल र कोषाध्यक्ष गणेशबहादुर कार्की कार्मी निर्विरोध निर्वाचित हुनुभयो ।यसैगरी सदस्यहरुमा शुशिलादेवी पोखरेल, विष्णुदेवी पोखरेल पौडेल, तिलकप्रसाद आचार्य, ताराखर पौडेल र रामचन्द्र पौडेल रहनुभएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा द्रोणराज अधिकारी र लेखा सुपरीवेक्षण सदस्यहरुमा सदस्यहरुमा सन्ध्या पौडेल र कृष्णप्रसाद पौडेल चयन हुनुभएको निर्वाचन समितिका संयोजक दीपक शर्मा पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...