कर्मचारी बचत तथा ऋण सहकारीको अध्यक्षमा सिग्देल,सचिवमा श्रेष्ठ

हिमाली आवाज । कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा महेशकुमार सिग्देल निर्वाचित हुनुभएको छ ।

सहकारीको मंगलबार पोखरामा भएको चौधौं साधारण सभा तथा पाचौं अधिवेशनले सिग्देलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बद्री पौडेल, सचिवमा सुरेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा डिल्लीराम बास्तोला सर्वसम्मत चयन हुनुभयो ।

त्यस्तै सदस्यहरुमा सीता बराल, केदार सापकोटा, वसन्तकेशव भण्डारी र रञ्जना पोखरेल चयन हुनुभएको छ ।साधारण सभा तथा अधिवेशनले लेखा समिति संयोजकमा हेरम्ब शर्मा र सदस्यहरुमा रामचन्द्र पौडेल र बिनोद रेग्मीलाई चयन गरेको छ ।

यसैगरी ऋण उपसमितिको सदस्यहरुमा गोपालप्रसाद शर्मा लम्साल र लीलाधर पाण्डेलाई चयन गरेको जनाइएको छ ।

Comments
Loading...