सेलवेजको छैटौँ शाखा पोखराको शान्तिनगरमा,दशैँसम्म १० प्रतिशत छुट

हिमाली आवाज । सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखरा महानगरपालिका–७ शान्तिनगरमा आफ्नो छैटौँ शाखा खोलेको छ । पर्यटकीय क्षेत्र लेकसाइडलाई केन्द्रीत गरेर नया शाखा सञ्चालनमा ल्याइएको सेलवेजले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । लेकसाइडको प्रस्थान विन्दु शान्तिनगरमा शाखा सञ्चालनमा छ ।

सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । रु आठ करोडको लागतमा सञ्चालनमा आउन लागेको यो डिपार्टमेन्टल स्टोर भुईं तलासहित ३ तले भवनमा छ । जसको भुईतलामा खाद्य सामग्री तथा सौन्दर्य सामग्री पहिलो तलामा इलेक्ट्रोनिक सामान तथा घरायासी सामग्री र दोश्रो तलामा फर्निचरका सामानहरु राखिएका छन् ।

सेलवेजका गण्डकी प्रदेश प्रमुख ब्यबस्थापक दयाल गिरीले लेकसाईड केन्द्रीत गरेर शान्तिनगर शाखा बिस्तार गरिएको बताउनुभयो । बिहीबार घटस्थापनाको दिनदेखी औचारिक शाखा शुभारम्भ हुने उहाँले जानकारी दिनुभयो ।

शाखाबाट लेकसाईडका होटल तथा रेस्टुरेन्टले पनि लाभान्वित हुने बताइएको छ । शाखा शुभारम्भका अवसरमा दशैं सम्मका लागि १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।साथै सेलवेजले जतिसुकै सामानको खरिदमा पनि होम डेलिभरीको सुविधा दिने बताएको छ । होम डेलिभरीको कुनै चार्ज नलाग्ने गिरीले बताउनुभयो ।

सेलवेजले चाँडै लेखनाथलाई केन्द्रीत गरेर नया शाखा खोल्ने तयारी गरेको छ । पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा खाद्यपसलबाट सेवा शुरु गरेको सेलवेजले निकट भविष्यमा काठमाडौंंको महाराजगञ्जमा पनि शाखा विस्तारको योजना रहेको बताइन्छ ।

सेलवेजले तीनदशकदेखि सेवा दिदै आएको छ । यो देशभरमा २९ औं शाखा हो भने पोखराको छैटौँ हो । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकाली र बगरमा शाखा बिस्तार गरिसकेको छ ।

Comments
Loading...