गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा बुधबार प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन गरेको बताएको छ ।

health

सो संघर्ष समितिका संयोजक मोक्तान थेवाले गाई–गोरुको मासु खानेलाई अपराध करार गर्दै कारवाही गर्नुले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको बताउनुभयो ।

उनीहरुले ‘हाम्रो जुजु बाजेले खाए, हाम्रा बाउ बाजेले खाए, त्यसपछि उनीहरु आए र हामीलाई जेल हाल्ने कानुन बनाए’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

टिप्पणिहरु
Loading...