नेपाल निर्माण व्यवसायी संघमा दशैँको शुभकामना आदान प्रदान

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघले कास्कीले नेपालीहरुको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।संघको सभाहलमा बिहीबार सम्पन्न कार्यक्रममा सहभागीहरुले एकापसमा शुभकामना आदान प्रदान गर्दै खुःशी मनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहारीले कोभिड १९ का कारण निर्माण व्यवसाय प्रभावित बनेको बताउनुभयो । उहाँले दशैँले सबै नेपालीमा खुःशीयाली ल्याउन सकोस् भन्ने कामना गर्नुभएको थियो ।

संघका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष एवं कास्की संघका प्रमुख सल्लाहकार ओमप्रसाद गौचन, , वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, वडा नं ४ का वडाध्यक्ष शंकर बास्तोला, अग्रज व्यवसायी शिवबहादुर कार्की,झपिन्द्र रेग्मी,मुक्तिप्रसाद तिमिल्सिना,खिमप्रकाश मल्ल,निर्वतमान अध्यक्ष वासुदेव गौचन, टंकराज बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष रामराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुवर्ण श्रेष्ठले गर्नुभयो ।

Comments
Loading...