प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, साक्षर प्रदेश घोषणा गरिने

हिमाली आवाज । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै हुनुहुन्छ । उहाँ विहान १०ः३० बजे पोखरा विमानस्थलमा अवतरण हुने क्रार्यक्रम रहेको छ ।

प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने समारोहमा उहाँ सहभागि हुन यहाँ आउन लाग्नु भएको हो । घोषणा अघि नयाँबजारमा संग्राहलय परिसरमा निर्माण गरिएको साक्षरता स्तम्भको प्रधानमन्त्रीले अनावरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री आज पोखरामानै बस्ने र भोली विहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणको कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा प्रदेश साक्षर घोषणा समारोह राखिएको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री समेत रहनुभएका घोषणा मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठले बताउनुभयो ।

१५ वर्षदेखी ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीति अनुसार घोषणाको तयारी गरिएको हो । गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६ दशमलव ५७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए घोषणा गर्न मिल्छ । अघिल्लो नीति तथा कार्यक्रममा दुई वर्षभित्र घोषणा गर्ने उल्लेख थियो,सोही अनुसार गर्न लागेका हौँ।”

गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।

 

Comments
Loading...