सृजना विकास केन्द्रको साधारणसभा, पत्रकार कुँबर अभियन्ता गौतम सम्मानित

हिमाली आवाज । सिर्जना विकास केन्द्रको साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभाको अवसरमा केन्द्रले स्थापना गरेको सामाजिक सम्मानबाट भाष्कर समाजसेवी , अभियान्ता कमल नयन गौतम र पत्रकार श्याम कुँबर सम्मानित हुनुभयो । कुँबरलाई पत्रकारिता मार्फत २ दशक सामाजिक विकासमा योगदान स्वरुप सम्मान गरिएको हो । पुरस्कारको राशी जनही रु २५ हजार रहेको छ ।

भौतिक पूर्वाधर शहरी , यातायत विकास मन्त्री कुमार खड्काले दुबै जनालाई सम्मान गर्नुभएको थियो । सो अवसरमा उहाँल सामाजिक कार्यमा केन्दको भुमिका सम्मान योग्य रहेको र प्रदेश सरकार को समन्वयमा रचात्मक कार्य गरिने बताउनुभयो ।सम्मानित ब्यक्ति पत्रकार श्याम कुवरले नागरिकको आवजलाई ईमान्दारीता पूर्वक गराउन सम्मानले उर्जा दिएको बताउनुभयो ।

केन्द्रका संस्थापक अध्यक्ष डम्वर बहादुर के.सी ले सृजनाको परिकल्पना उद्देश्य बमोजिम सम्मान कार्य भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
संस्था का अध्यक्ष ईन्द्र पौडेल को सभापतित्वमा भएको कार्यक्रमा पोखरा ८ का वार्ड अध्यक्ष एवं केन्द्रका पूर्व अध्यक्ष रुपनाथ बराल , सल्लाहकार सभापति सोमनाथ वराल , नागरीक समाज कास्कीका संयोजक इन्द्र कमल मानन्धर , पत्रकार महासंघ कास्की का अध्यक्ष बिमला भण्डारी केन्द्रका प्रथम उपाध्यक्ष सम्मानित ब्यत्तित्व छनोट समिति संयोजक कृष्ण बहादुर थापा , महासचिव चन्द्र गिरी , उपाध्यक्ष कमला गिरी , कोषाध्यक्ष कृष्ण मान.ढुसाजु.लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । २०३४ मा स्थापित संस्थाले शैक्षिक , सामाजिक र आर्थिक गतिबिधि हरु गर्दै आएको छ ।

Comments
Loading...