गगनगौँडामा बेलबुटे आदर्श बाल क्लब गठन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटेमा बेलबुटे आदर्श बाल क्लब गठन गरिएको छ ।

बेलबुटे क्षेत्रका स्थानीयवासीद्वारा विजयादशमी २०७८ का अवसरमा आज आयोजित शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमका अवसरमा नन्जिसा घिमिरेको अध्यक्षतमा क्लबको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा समृद्धि पौडेल, सचिवमा सुचित्रा मिश्र र कोषाध्यक्षमा ओशिस घिमिरे रहनुभएको छ । त्यस्तै समितिको सदस्यमा कृति घिमिरे, इशान पौडेल र सक्षम पौडेल रहनुभएको छ ।

नवगठित समितिका पदाधिकारीलाई ज्येष्ठ सदस्य गुरुप्रसाद पौडेलले अविर लगाएर बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । टोलमा बालबालिकाको सिर्जनात्मकताको विकासका लागि क्लबले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै उहाँले बेलबुटे क्षेत्रलाई आपसी सद्भाव, भाइचारा अभिबृद्धि गर्दै नमूना आदर्श बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नविन टोल विकास संस्थाका अध्यक्ष एवम् अमरज्योति आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक पुष्पराज शर्मा पौडेलले बेलबुटे क्षेत्रमा सडक, बत्ति लगायतका आधारभूत आवश्यकतालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, मेघा बैंक गगनगौडा शाखाका प्रबन्धक हरिश्चन्द्र पौडेल, आर एस भगत मेटल सपका सञ्चालक बाबुराम मिश्र, सेरावेशी टोल विकास संस्थाका सचिव किशोर घिमिरे, समाजसेवी नवराज घिमिरे, गौतम पौडेल, छब्दी माध्यमिक विद्यालयकी शिक्षिका शारदा भट्टराई पौडेल, खैरेनी माध्यमिक विद्यालयकी शिक्षिका चित्रकला घिमिरे पौडेल लगायतले सबै साझा प्रयासमा बेलबुटेलाई नमूना बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

Comments
Loading...