कास्कीको घान्द्रुक लगायतका स्थानमा भएको सवारी दुर्घटनाबाट प्रधानमन्त्री स्तव्ध

हिमाली आवाज । प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको घान्द्रुक लगायतका स्थानमा भएका सवारी दुर्घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्चालमार्फत आज साँझ दुःख व्यक्त गर्दै उहाँले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तव्ध भएको र दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिवद्धता समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन उहाँले सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

Comments
Loading...