नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

हिमाली आवाज । दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपमा इतिहास रच्दै नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्समा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बंगलादेशसँग १÷१ गोलको बराबरीपछि नेपाल इतिहास रच्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको नवौँ मिनेटमा बंगलादेशले गोल गर्दैै खेलमा अग्रता लिएपछि नेपाल दबाबमा आएको थियो । बंगलादेशका सुमन रेजाको गोल गरेका थिए ।

दोस्रो हाफमा बंगलादेशका गोलकिपर अनिसुर रहमानले रातो कार्ड खाँदै बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ८६ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

आजको खेलमा नेपाललाई बराबरी आवश्यक थियो । दुई खेलमा जित, एक मा बराबरी र एक मा हारपछि नेपालको ७ अंक भएको छ । आजै साँझ भारत र माल्दिभ्सबीचको खेलको बिजेतासँग नेपालले उपाधिका लागि खेल्ने छ ।

नेपाल साफको इतिहासमा पहिलोपटक फाइनल पुगेको हो । यसअघिका कुनै पनि संस्करणमा नेपाल फाइनल पुग्न सकेको थिएन । नेपालको यात्रा सेमिफाइनलबाट अघि बढ्न सकेको थिएन ।

Comments
Loading...