पहिलो पटक साफको उपाधि उचाल्ने नेपालको सपना अधुरै

हिमाली आवाज । दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालको उपाधि चुम्ने लक्ष्य माथि भारत बाधक बनेको छ ।

साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना भारतसँग हिजो राति ३–० गोलले पराजित भएपछि सपना अधुरै बनेको हो । पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेल वर्षाले प्रभावित बनेको थियो ।

पहिलो हाफमा दुवै टोलीले आफ्नो स्वभाविक लयमा खेल्न सकिरहेका थिएनन् । पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो । सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले जाली चुमाउन सकेनन् । उता, भारतको निरन्तर आक्रमणलाई गोलकिपर किरण चेम्जोङले बचाऊ गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो । कप्तान सुनिल सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि सम्हालिन नपाउँदै भारतले दोस्रो गोल ग–यो ।

सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा सहाल अब्दुल समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए । फाइनलमा भारतसँग पराजित भएसँगै नेपाल उपविजेतामै सीमित हुन पुग्यो ।

Comments
Loading...