गोरखा केन्द्रविन्दु भएर भूकम्प,पोखरासम्म धक्का महसुस

हिमाली आवाज ।गोरखा केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ । भुकम्पको धक्का पोखरा सहित आसपासको क्षेत्रमा महसुस भएको छ ।

यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Comments
Loading...