काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार करिव १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको हो ।