पोखराको हेमजामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमाली आवाज । पोखरामा कारको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२५ हेम्जा शान्ति चोकमा ग.३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने म्याग्दी घर भएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments
Loading...