कात्तिक ५ देखी पोखरामा महिलाको ‘पावर लिफ्टििङ च्याम्पियनसिप’ हुँदै

हिमाली आवाज । महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्धेश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टििङ च्याम्पियनसिप’ हुने भएको छ ।

गोर्खा क्लासिक नेपालले महिला खेलाडीको खेल व्यावसायिकता, महिला सशक्तिकरण र समग्र खेल क्षेत्रको व्यावसायिकता विकास गर्ने लक्ष्य सहित शारीरिक सुगठन विधा अन्तर्गत रहेर प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिता ६० केजी माथि र ६० केजी भन्दा तल गरी दुई विधामा सञ्चालन हुने छ । दुबै विधामा प्रथम,द्धितीय र तृतीय हुन सफल खेलाडीले जनही क्रमश ः रु २५ हजार, १५ हजार, १० हजार सहित मेडल र ट्रफी पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यसैगरी महिला खेलाडीहरुको नेपालकै सर्वोत्कृष्ट प्रतियोगिता रहेकाले ६० केजी माथि र सो भन्दा तल दुई विधा समूहको प्रथम÷प्रथम बीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुन सफल खेलाडीले टाइटल विजेता उपाधिको रुपमा रु ८० हजार सहित ‘गोर्खा क्लासिक बेल्ट’ र सम्मानपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताका देशका विभिन्न जिल्लाबाट गरी ५० जना खेलाडीको सहभागिता रहने बताइन्छ ।

शारीरिक सुगठन विधाका खेलहरुको व्यावसायिक विकास गर्ने उद्धेश्य रहेको बताउँदै उहाँले पर्यटकीय शहरमा सञ्चालन हुने यस प्रतियोगिताबाट पोखरालाई खेल पर्यटन मार्फत संसारभर चिनाउन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।

हरेक दुई÷दुई वर्षमा प्रतियोगितालाई निरन्तरता दिने योजना आयोजकले बनाएको छ ।प्रतियोगिता सञ्चालनका लागि रु १३ लाख ५० हजार खर्च लाग्ने भएकाले पुरस्कार प्रायोजक, सहयोगी एवम् शुभेच्छुक व्यवसायीहरुबाट सहयोग रकम सङ्कलन गरिने बताइन्छ ।

प्रतियोगिताको निर्णायकमा नेपाल बडीविल्डङ सङ्घ तथा क्षेत्रीय खेलकुद विकास समिति र भारत्तोलन सङ्घबाट प्राविधिक सहयोग उपलव्ध हुने आयोजकले जनाएको छ ।

 

Comments
Loading...