पुम्दीकोट विशाल महादेवमुर्ति सम्मको सडक कालोपत्रे :अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजनाअन्र्तगत पर्ने पुम्दीकोटको बिशालमहादेवको मुर्तिसम्मजाने सडक हालनिकै जिर्ण भएकोले उक्त सडक स्तरोन्नति गरी कालोपत्रे गरिने बताउनुभएको छ ।

पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय देखि बिशालमहादेवको मुर्ति स्थलसम्मजाने बाटो तत्कालमर्मत सम्भार गर्न आफू लागि पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना गरेको नेपालीहरुको महान चार्ड पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई तथा सम्मानकार्यक्रममा बोल्दै मन्त्री बरालले सो कुरा बताउनुभएको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको विशालमहादेवको मुर्ति प्रदेशको गौरवको योजनामा रहेकोले हालपुम्दीकोट क्षेत्रमा दैनिक २÷३ हजार पर्यटक जान थालेकोले सडकको अबस्था निकै जिर्ण भएकोले गर्दा प्रदेश सरकारले उक्त स्तरोन्नति गर्ने मन्त्री बरालले बताउनुभयो ।

मन्त्री बरालको पहलमा छोरेपाटन देखि शान्ति स्तुपाः सम्महालपिच सडक निर्माण भएको छ भने शान्ति स्तुपाहुदै लुकुश्वाँरा, कालाबाङ घरेडी, काबे्र, उल्लेरी ढाडा हुदै कुभिण्डेसम्म सडक निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउदै आउनु भएको छ ।

छोरेपाटन देखि फुर्सेखोलाहुदै कुभिण्डेसम्मपनिउत्तिकै महत्व रहेकोले विकासको प्रमुख आवश्यकताको आधारमाप्रथामिकता दिदै जाने योजना रहेको मन्त्री बरालले जनाउनु भयो ।

काग्र्रेंस नेताएवं शिक्षासेवी खेमराज पौडेलले चुनौती सामना गरेर पार्टी प्रति बफादार भई पार्टीको विचारमा अडिक रहदै निरन्तर लागेका कारण आज आफ्नै गाँउलेलाई मन्त्रीको रुपमा स्वागत तथा सम्मान गर्न पाउदा निकै खुसि लागेको बताउनु भयो । मन्त्रीको पहलमापुम्दीकोट टावर स्थापनाले पुम्दीकोट बिशालमहादेव मुर्ति स्थापनागर्नुको जस मन्त्रीलाई नै जाने उहाँको भनाई थियो । पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेलले पुम्दीभुम्दीलाई अब पर्यटनको क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने बताउनु भयो ।

ढलेपिपल टोल विकास संस्थाका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र पोखरा २२ वडा कमिटिका अध्यक्ष चण्डकीका प्रसाद बराल, पुम्दीकोट युवा क्लवका सहसचिव पवन बि.क., पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष नरहरी बराल, सचिव राजु बराल लगायतले भनाई राख्नुभएको थियो ।

मन्त्री सहित उहाँँकी आमा धनरुपा बराल र धर्मपत्नी सिता बराललाई समेत कार्यक्रममा फूलमाला लगायर सम्मान गरिएको थियो । स्थानीय आमा समुह, क्लव, टोल विकास संस्थाका प्रतिनिधि र स्थानीयले मन्त्री बराललाई आफ्नो गााउँमा अर्थ मन्त्री पाउदानिकै गौरव लागेको भन्दै खादा तथा माला लगायर भब्य स्वागत तथा सम्मान गरेका थिए ।

 

 

Comments
Loading...