Tiger Cup

गोरु काटेको अभियोगमा १३ जना पक्राउ

हिमाली आवाज । प्रहरीले गोरु काटेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका–१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणिहरु
Loading...