हिसान प्रादेशिक संरचनामा, गण्डकीको अधिवेशन कात्तिक ६ गते पोखरामा हुने

हिमाली आवाज । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान)गण्डकी प्रदेशको पहिलो अधिवेशन कात्तिक ६ गते शनिबार पोखरामा हुने भएको छ ।

संघीयताको कार्यान्वयनसँगै प्रादेशिक सम्मेलन गरेर गण्डकी प्रदेशस्तरीय हिसान गठन गर्न लागिएको हिसानका केन्द्रीय सल्लाहकार रमाकान्त बरालले जानकारी दिनुभयो । यसअघि हिसानको केन्द्र र जिल्लास्तरीय संरचना रहेको थियो ।

प्रादेशिक सम्मेलनका लागि केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी र रमाकान्त बराल,केन्द्रीय सदस्य कृष्णबहादुर केसी र चन्दा थापा रहेको पाँच सदस्सीय समिति गठन गरिएको छ ।

निजी लगानीमा सञ्चालित विद्यालय तथा क्याम्पसहरुको छाता संगठन हिसान गण्डकी समिति गठन गर्न प्रदेशका ११ जिल्लाका प्रतिनिधिहरु पोखरा आउने हिसान कास्कीका अध्यक्ष यम रोकाले जानकारी दिनुभयो ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र सबै जिल्लाको प्रतिनिधित्व रहने बताइन्छ । पोखरा–१७ स्थित होटल ग्राण्डमा हुने सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गर्ने कार्यक्रम रहेको हिसानले जनाएको छ ।सम्मेलनमा केन्द्रीय अध्यक्ष रमेश सिलवालको समेत उपस्थिति रहने बताइन्छ ।

Comments
Loading...