अवसरवादको खेती गर्नेहरु कम्युनिष्ट हुनै सक्दैनन् : महासचिव पोखरेल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) महासविच तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताउनु भएको छ ।

नेकपा एमाले कास्कीद्धारा आज पोखरामा आयोजित दशै, तिहार, छठ लगायतका चार्डपर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सच्चा कम्युनिष्ट आप्mनो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताउनुभयो ।

राजनीतिक रुपमा अक्षम अपराध गर्ने व्यक्तिहरु नटिक्ने बताउँदै उहाँले पार्टीलाई थप कृयाशिल तथा संगठित बनाउँदै अघि बढिने बताउनुभयो ।

एमालेका विरुद्धमा बनेको गठवन्धन नटिक्ने बताउँदै उहाँले यो गठवन्धन समाजमा अराजकता बढाउने, राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता कमजोर गराउनका लागि भएको टिप्पणी गर्नुभयो ।

देशमा राजनीतिक स्थायित्व, राष्ट्रियता, सर्वभौमता कायम गर्न एमालेले ठूलै पहल कदमी गर्दै अघि बढेपनि विभिन्न षडयन्त्रबाट ती कदमलाई निस्तेजपार्न खोजिएको उहाँले बताउनुभयो ।जनताको समर्थन हुँदा हुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्त गर्ने काम भएको बताउँदै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भएपनि नछोड्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आगामी निर्वाचनमा सफल बन्ने आट एवम् विश्वासका साथ अघि बढनु पर्ने आवश्यकता औल्याउनुभयो ।उहाँले पार्टीको विधान अधिवेशनले पार्टी संगठनलाई थप मजवूद र आगामी कार्य नीति निदिष्ट गरेको बताउँदै देश व्यापीरुपमा संगठन सुदृढिकरण अभियानमा अघि बढन् पर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले वर्तमान अपवित्र गठवन्धनबाट राष्ट्रिय आवश्यकता पुरा नहुनेमा जोड दिंदै नेकपा एमालेलाई थप संगठित बनाएर आगामी निर्वाचन राज्यको नेतृत् वगर्न सक्ने गरि अघि बढाउनु पर्ने बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अघि बढाउनुको साथै पोखरा मुग्लिन सडक खण्डको स्तरउन्नतिलाई प्रकृया अघि बढाएको बताउनुभयो ।पार्टी पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री जगत विश्वकर्माले विकास र समृद्धिको लक्षय प्राप्तिका लागि संगठित भएर अघि बढन संकल्प लिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले नेकपा एमालेको नेतृत्वको सरकारले गरेका जनपक्षिय कामलाई निरन्तरता दिनका लागि आगामी संघ, प्रदेश र स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउनेतर्पm कार्यकर्ता संगठित भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

Comments
Loading...