नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा, बादलको नेतृत्वमा मूल आयोजक समिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को १० औँ महाधिवेशन बाग्मती प्रदेशको चितवनमा हुने भएको छ ।

एमालेको आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ । एमालेले रामबहादुर थापा(बादल)को नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

जसमा सबै प्रदेशको प्रतिनिधित्व रहने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकले हालै सम्पन्न विधान महाधिवेशन सफल र ऐतिहासिक भएको निष्कर्ष निकालेको छ ।

बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतका कार्यक्रमण घोषणा गर्न सरकारसँग माग गरेको छ । यस्तै, मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन आग्रह गरेको छ । यसैगरी बैठकले विभिन्न सामाजिक संघसंस्थामाथि सरकारले नाङ्गो हस्तक्षेप सुरु गरेको भन्दै आपत्ति जनाएको छ ।

Comments
Loading...