एमाले माछापुच्छ्रे :घाचोकमा नेतृत्व चयन हुन सकेन, अन्य वडामा सर्वसम्मत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को माछापुच्छ«े गाउँपालिका अन्तर्गतका नौ वडा मध्ये वडा नं ३ घाचोक बाहेक अन्य सबै वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।

घाचोकमा अध्यक्षका आकाँक्षी धेरै हुँदा राति अवेरसम्म पनि सर्वसम्मतको प्रयास भएपनि सफल हुन नसक्दा हिजो नेतृत्व चयन हुन नसकेको हो । वडा नं ४ लाहाचोकमा भने राति २ः०० बजे टेकबहादुर श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन गरिएको छ । यस बाहेक अन्य सबै वडामा शनिबार साँझनै नेतृत्व टुँगिएको थियो ।

घाचोक एमालेको नेतृत्व गर्न छ जना मैदानमा उत्रिएपनि राजेन्द्र पोखरेलले अन्तिममा दावेदारी फिर्ता लिनुभएको थियो । गुणाखर दवाडी, रविलाल पोखरेल, कमल भुजेल, क्रान्तिरमण पोखरेल र लेखनाथ लम्सालको अध्यक्षको आकाँक्षी रहनुभएको छ ।

हिजो नेतृत्वमा सहमति नबन्दा रोकिएको नेतृत्व चयन प्रक्रिया आज विहान पुनः सुरु हुने युवा संघ माछापुच्छ्रेका अध्यक्ष प्रकाश ज्यू ठकुरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“नेतृत्वमा राति अवेरसम्म पनि सहमति जुटेन अहिले विहान अध्यक्षका प्रत्याशी र निर्वाचन मण्डलबीच छलफल हुँदैछ । त्यसले केही टुँगो लगाउला।”

Comments
Loading...