एकै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिवमा निर्वाचित

दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् ।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन हुनुभएको थियो । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन हुनुभयो ।

“कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन हुनुभएको हो । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन ।” कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भन्नुभयो ।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

Comments
Loading...