सुनगाभा सहकारीको अध्यक्षमा थापा 

हिमाली आवाज । सुनगामा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदीभिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन हुनुभएको छ ।

सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतमा नौ सदस्सीय सञ्चालक समिति र लेखा समिति चयन गरेको हो । थापा तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिनुभयो ।

यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा पार्वती कोइराला, सचिव कृष्ण थापा र कोषाध्यक्ष राजु थापा रहनुभएको छ । सदस्यहरुमा रमेश थापा(सुमन),सुरेन्द्र थापा,निर्मल गौतम,रमेशबहादुर थापा र देवकी पहारी रहनुभएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा रामबहादुर थापा र सदस्यहरुमा मिना थपलिया र भगवान पहारी चयन हुनुभयो पत्रकार गणेश पहारी संयोजक तथा  सूर्यबहादुर थापा र पवित्रा बास्तोला सदस्य रहेको  निर्वाचन समितिले निर्वाचित पदाधिकारीहरुलाई शपथ गराएको थियो ।

साधारणसभाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानीपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा बंगलादी बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुमाया सुवेदी,संस्थाका सदस्य एवं पत्रकार गणेश पहारी, गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती कोइराला र सञ्चालन सचिव कृष्ण थापाले गर्नुभएको थियो ।

विसं २०६६ मा स्थापना भएको संस्थाको शेयर पूँजी एक करोड ८७ लाख २० हजार छ भने लगानी तीन करोड ९४ लाख २९ हजार ७४५ छ । संस्थाको वार्षिक कारोबार पाँच करोड ५० लाख छ । संस्थामा ३७१ शेयर सदस्य छन् ।

Comments
Loading...