एमाले घाचोकको अध्यक्षमा पोखरेल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माछापुच्छ्रे–३ घाचोक वडा कमिटीको अध्यक्षमा क्रान्तिरमण पोखरेल निर्विरोध चयन हुनुभएको छ ।

कात्तिक ६ गते भएको वडा अधिवेशनमा नेतृत्वमा आकाँक्षीबीच सहमति नजुट्दा नेतृत्व चयन लम्बिएकामा आज सर्वसम्मत वडा कमिटी चयन गरिएको हो ।

वडा कमिटीको उपाध्यक्षमा चिनबहादुर नेपाली, सचिव रुद्र रानाभाट, सहसचिवद्धयमा दिनानाथ लम्साल र सन्तोष नेपाली चयन हुनुभएको एमालेका स्थानीय नेता दुर्गा घोरासैनीले जानकारी दिनुभयो । वडा कमिटी ३० सदस्सीय रहेको बताइन्छ ।

वडा कमिटीको नेतृत्वका लागि क्रान्तिरमण सहित गुणाखर दवाडी, राजेन्द्र पोखरेल, रविलाल पोखरेल, कमल भुजेल र लेखनाथ लम्सालले दावी गर्नुभएको थियो । नेतृत्वका आकांक्षीकाबीचमा तीनदिनदेखी लगातार सहमतिको प्रयास गरिएको थियो ।

 

Comments
Loading...