जग्गा बाँझो राखी बैंकबाट ऋण लिने प्रवृत्ति अन्त्य गर्न मन्त्री बरालको आग्रह

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

पछिल्लो समयमा पर्यटकीय महत्व राख्ने स्थानहरुमा शहर बजारका केही टाठाबाठा एवं हुनेखाने व्यक्तिहरुले गाँउ गाँउका डाँडा पाखा खरिद गरी त्यसै बाजो राखी बैंकबाट ऋण असुली गर्दै आएको सन्दर्भमा मन्त्री बरालले स्थानियको अनुकुलमा उक्त जग्गा उपभोग गर्न गराउन सुझाव दिदै पुनः बाँकी रहेको जग्गा बाहिर मानिसहरुलाई बिक्री नगर्न आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो“अब बाझो जग्गा राखेर गाउँमा उत्पादन बढाउन सकिदैन, भएको जग्गा अर्को व्यक्तिलाई बिक्रि गरेर गाँउको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन, केही स्वर्ग जस्ता गाँउ हाल बस्ती हिबिन हुन पुगेका छन् । ” बाझो जग्गा राखेर बैंकबाटै एकले अर्कोलाई चर्को मुल्यमा जग्गा कारोवार गर्ने तर गाँउको उक्त जग्गामा पर्यटकीय गतिविधि नगर्ने उपर अब स्थानियले सोच्नुपर्ने समय आएको मन्त्री बरालको भनाई थियो ।

सुत्केरी महिलालाई समेत उपचार गर्न घण्टौं लाग्ने र हाल एम्बुलेन्स सेवा समेत संचालन हुने अवस्था नभएकोमा उक्त क्षेत्रमा कम्तिमा एम्बुलेन्स सेवा संचालन हुने गरी बाटो स्तरोउन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले सिम्ले, पात्ले, अनदु क्षेत्र पर्यटकीय महत्वले निकै रमणयि भए पनि विकासमा पछि परेको बताउनु भयो । वडामा कम बजेट हुदा आफुहरुले चाहेर पनि विकास गर्न नसकेको उहाँले बताउनु भयो । वडा सदस्य मात्रिका बरालले कोरोना बिरुद्धको खोप लगाउन अझै धेरै घरमा छुटेकोले सम्बन्धित ठाँउमा पुगेर खोप लगाउन आग्रह गर्नु भयो ।

नेकपा माओबादी केन्द्र पोखरा २२ का वडा कमिटिका अध्यक्ष चण्डीका प्रसाद बरालले सिम्ले पात्ले क्षेत्रमा जनताको लागि अहिलेको पहिलो आवश्यकता भनेको सडक बाटो नै रहेको बताउनु भयो । स्थानिय धुर्वराज बरालले फेवाताल र पोखराको मुख्यबजारबाट नजिक भयर पनि आफ्नो गाँउ ठाँउ पिछडिएको गुनासो गर्नुभयो ।

फेवा हिमालयन पर्यटन मार्ग बाटो निर्माण समितिका अध्यक्ष दण्डपाणि बरालले ६७ घर परिवार मध्य बाटोको कारण हाल ५० प्रतिशत स्थानिय बिस्थापित भएको दाबी गर्नु भयो ।

फेवा टोल विकास संस्थाका अध्यक्ष भिमलाल बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव कृष्ण कुमार बराल, पात्ले सिम्ले लामडाँडा पोखरा सम्पर्क समाजका अध्यक्ष सु.मे.गज बहादुर गुरुङ, समाजका सचिव होतराज बराल लगायतले उक्त क्षेत्रमा कम्तिमा एम्बुलेन्स सेवा संचालन हुने गरी तत्काल बाटो स्तरोउन्नती गर्न आवश्यक भएको माग गरे ।

Comments
Loading...