एमाले पालिका अधिवेशन : मादी,रुपा र अन्नपूर्णमा सर्वसम्मत,माछापुच्छ्रेमा स्थगित,पोखरामा सुरु हुँदै

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले कास्कीका तीन वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
हिजोदेखी सुरु पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा राति अबेर सहमति जुटाएर नेतृत्व चयन गरिएको हो । यसैगरी पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिकामा भने सहमति नहुँदा मंगलबार नेतृत्व चयन हुन सकेन ।

एमाले मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ चुनिनुभयो । उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिव सुवास सापकोटा र उपसचिवद्धयमा राजु अधिकारी र प्रतिक्षा पौडेल रहनुभएको छ ।

अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीना कुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदी रहनुभएको छ ।

रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध निर्वाचित हुनुभएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिनुभयो ।

यसैगरी भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा बुधबार विहान १०ः०० बजेदेखी निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।
पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलिप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकाँक्षी हुनुहुन्छ । सहमतिका लागि अवेरसम्म प्रयास गरिएपनि सहमति नबन्दा अधिवेशन एक दिनपछि सरेको हो ।

माछापुच्छ«े गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकाँक्षीकाबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षका आकाँक्षीहरुबीचमा छलफल गरेर उहाँहरुबीचको सहमति अनुसार रोकिएको अधिवेशन पुनः सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।ब एमालले एकैपटक देशभर पालिका अधिवेशन गरेको हो ।

Comments
Loading...