नेकपा(एस)ले गण्डकीमा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण वैठक आज पोखरामा सम्पन्न भएको छ ।

वैठकले पार्टीले सञ्चालन गरेको ३ महिने पार्टी सुदृढीकरण अभियानलाई गण्डकी प्रदेशमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यसको लागि केन्द्रिय सदस्यहरुलाई जिम्वेवारी समेत तोकिएको छ ।

जस अनुसार कास्की जिल्लामा केन्द्रीय कमिटी सदस्य गज कुमारी गुरुङलाई कास्की क्षेत्र नं १,कास्की अध्यक्ष तथा केन्द्रीय सदस्य धनराज आचार्यलाई क्षेत्र नं २ र केन्द्रीय सदस्य रत्ना गुरुङलाई क्षेत्र नं ३ को जिम्मेवारी तोकिएको छ । पोखरा महानगरपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण नेपालीलाई दिईएको छ । कास्की लगायत अन्य ११ वटै जिल्लाका संघिय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, नगरपालिका, गाँउ पालिका तथा वडा कमिटी सम्म अभियान सञ्चालन गर्न पार्टिका केन्द्रिय समिति तथा प्रदेश कमिटिका सदस्यहरुलाई इञ्चार्जको जिम्वेवारी समेत तोकेको छ ।

वैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले दलाल पूजीपतिवर्गको पक्षपोषणमा लागेको र दक्षीणपन्थी भासमा चुर्लुम्मै डुवेको हुनाले सो पार्टीबाट बिद्रोह गरेर नेकपा एकिकृत समाजवादी पार्टि गठन गर्नुपरेको बताउनुभयो । उहाँले गरिव ,मजदूर किसान, श्रमजिवी वर्गमा संगठन विस्तार गर्नुपर्ने बताउनुभयो ।

वैठकले ,पार्टीको ३ महिने अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्दै परिणममुखी बनाउने, ५ दलीय गठवन्धनको एकतालाई थप मजवुत बनाउँदै यसलाई प्रदेश, जिल्ला र स्थानिय तहसम्म सहकार्य गर्ने वातावरण तयार गर्न ५ दलीय गठवन्धनलाई अनुरोध गर्ने, जनताले दैनिक रुपमा भोगेका समस्या समाधन गर्दै जन चाहाना अनुसार सरकारका काम कारवाहीलाई जनमुखी वनाउदै केन्द्र सरकार र प्रदेश सरकारलार्ई काम गर्न अनुरोध गर्ने, हालै वेमौषमी वर्षाका कारण मुलुकका विभिन्न ठाँउमा आएको वाढी पहिरोमा परि ज्यान गुमाउलेहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतेहरुको उपचार, मृतकका परिवारलार्ई उचित राहत र नोक्सान भएको धान वालीको उचित क्षतीपूर्ति प्रदान गर्न सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी चाडवाडको समयमा वजारमा कृत्रिम अभाव देखाउदै उपभोग्य सामग्रीको मूल्य वृद्धि गर्ने कार्य भईरहेकोले त्यस्ता कार्य तुरुन्त रोक्न सरकार सँग अनुरोध गर्ने,आउदै गरेको शुभ दिपावली, नेपाल संवत तथा छठ लगायतका पर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा वसोवास गर्ने नेपालीहरुमा शुभकामना ब्यक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको स्थायी समिति सदस्य चुडामणि जंगलीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश अध्यक्ष तुल बहादुर गुरुङको अध्यक्षतामा भएको वैठकमा स्थायी कमिटी सदस्यहरु चुडामणि जंगली, शारदा प्रसाद सुवेदी, रामजी शर्मा, गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ उपसचिव द्धय श्रीनाथ वराल र रेखा वस्याल लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । बैठकमा १० जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लागत रिपोटिङ गर्नुभयो ।

Comments
Loading...