पोखरामा स्कुल बसबाट खसेर आठ वर्षीय बालकको मृत्यु

हिमाली आवाज । पोखरामा स्कुल बसबाट खसेर बालकको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थित सागर एकेडेमी बोर्डिङ स्कुलको ना १ क २३७३ नं. को स्कुल बसले बुधबार बिद्यार्थीहरुलाई घर छाड्न भनी निस्कने क्रममा सोही स्कुलको युकेजीमा अध्ययनरत आठ वर्षीय रोमन तामाङ अचानक बसबाट खस्न जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाउको छ ।

बसबाट खसेपछि घाइते भएका तामाङलाई उपचारको लागी फिस्टेल अस्पतालमा ल्याईएकमा डाक्टरले चेकजाँच गर्ने मृत घोषणा गरेको गरेका थिए ।

प्रहरीले बस चालक धादिङ गंगा जमुना गाउँपालिका– ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं १ सिम्पानी बस्ने ४७ वर्षीय सानु कान्छा थापालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Comments
Loading...