एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा युवा नेता दिलिप न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ ।

कात्तिक ९ देखी शुरु पहिलो अधिवेशनमा अध्यक्षका आकाँक्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा आज न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिनुभएको हो ।

अध्यक्षका अन्य चार आकांक्षीले मनोनयन फिर्ता लिएपछि न्यौपाने अध्यक्ष सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो । कमिटीको अध्यक्षका लागि नेता न्यौपाने सहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिनुभएको थियो ।

Comments
Loading...