श्री निर्माण सहकारीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित

हिमाली आवाज । श्री निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–७ को सञ्चालक समितिको अध्यक्षमा सुरेश श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

सहकारीको आज सम्पन्न नवौं साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा विष्णु ढुंगाना, सचिव ज्ञानेन्द्र घिमिरे र कोषाध्यक्ष प्रकाश पहारी चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा विश्वराज खनाल, गणेश राज अधिकारी, वीरेन्द्र श्रेष्ठ, सुमन श्रेष्ठ, राजेश पहारी, विमल अर्याल र बन्दना कार्की हुनुहुन्छ ।
लेखा परीक्षण संयोजक सुरेन्द्र त्रिपाठी तथा सदस्यहरुमा बावुराम तिमिल्सिना र ईश्वरी प्रसाद पौडेल रहनुभएको छ ।

ऋण लगानी उपसमिति संयोजकमा विश्वराज खनाल चयन हुँदा गणेशराज अधिकारीको संयोजकत्वमा शिक्षा समिति गठन गरिएको छ । समिति सदस्यमा वेणिमाधव अधिकारी र कञ्चन आचार्य हुनुहुन्छ ।

यसअघि साधारणसभा उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष एवं सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र पहारीले सहकारीको महत्व बारे प्रकाश पार्दै निर्माण व्यवसायीको हकहितमा काम गर्न सुझाव दिनुभयो । उहाँले सहकारीका सात सिद्धान्तको पालना गर्दै संस्थालाई अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य शिवशंकर गौचन, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका संयोजक ओमप्रसाद गौचन, निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष चिरञ्जीवी पोख्रेल, निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष मुक्तिप्रसाद तिमिल्सिना, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका महासचिव टंकराज बराल, निर्माण व्यवसायी संघ कास्कीका निवर्तमान अध्यक्ष वासुदेव गौचन, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, वरिष्ठ व्यवसायी आनन्द बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी उपाध्यक्ष लीलकाजी गुरुङले स्वागत मन्तव्य तथा संस्थाका सचिव विष्णु ढुंगानाले सञ्चालन गर्नुभयो । पोखरा महानगरपालिका वडा ७ मा कार्यालय रहेको सहकारीमा हाल २२३ सदस्य छन् ।

 

Comments
Loading...