माझथुम कृषि सहकारीको १० औँ वार्षिक साधारण सभा सम्पन्न

हिमाली आवाज । माझथुम कृषि सहकारी संस्था लिमिटेडको १० आंै वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपलिका वडा नं. २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले सहकारीमा आवद्ध शेयर सदस्यहरु एकजुट भइ उत्पादनमा जोड दिँदै सरकारी तवरबाट कृषकहरुलाई आउने अनुदानको उचित प्रयोग गरि आयस्तर वृदि गर्न जोड दिनुभएको थियो । साथै बन्दै गरेको सहकारीको भवन निर्माणमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।

त्यसैगरि विशेष अतिथी पामे भेटेनरी प्रमुख जनार्दन पराजुलीले कृषि सहकारी भएपछि उत्पादनमा जोड दिनुपर्नेमा सुझाव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पामे बचत तथा ऋण सहकारीका अध्यक्ष अग्निधर त्रिपाठी, समाजसेवी हरी भण्डारी, युवा नेता बलराम सुवेदी, शिक्षासेवी विष्णुप्रसाद दाहाल लगायत बक्ताहरुले पोखरा बजारदेखि नजिक रहेको यस सहकारीमा धेरै सम्भावना रहेकोले यहाँका किसानहरु एकजुट भै उत्पादनमा जोड दियमा प्रदेशमा नै नमुना सहकारीको रुपमा स्थापित हुने बताउनुभएको थियो ।

सरकारले कृषि क्षेत्रमा गरेको लगानीलाई सहि तवरले प्रयोग गर्न सके किसानको जिनवस्तर वृदि हुनुका साथै आफ्नै देशमा रोजगारी सृजना हुने र युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुने कुरामा वत्ताहरुले भनाई राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीमा अधिक बचतकर्ता धनपती सुवेदी, नियमित बचतकर्ता पुजा अधिकारी, ज्येष्ठ नागरिक चुडामणी सुवेदी, र नियमित कर्जा कारोबार गर्ने सिता थापा नेपालीलाई सम्मान गरिएको थियो ।

सिद्धबराह आमा समुहको भवनमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष सुर्य प्रसाद भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन संस्थाका सचिव राम प्रसाद भट्टराईले गर्नुभएको थियो भने लेखा प्रतिवेदन संस्थाका लेखा संयोजक गंगाप्रसाद चापागांईले प्रस्तुत गर्नुभएको कार्यक्रम माझथुम कृषि सहकारी संस्थाका अध्यक्ष भिम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments
Loading...