माओवादीले कहिल्यै जनताको शीर झुक्ने काम गरेको छैन : अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन)ले नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रले अहिलेसम्म जनताको शीर झुक्ने एउटा पनि काम नगरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र माछापुच्छ«े गाउँ कमिटी–३ घाचोकले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा स्वागत एवं सम्मान कार्यक्रममा उहाँले परिर्वतनको अगुवाई गरेको र पछाडि परेका महिला, दलित, मजदूर लगायतका वर्गलाई राज्यको मूल प्रवाहमा ल्याउने पार्टी माओवादी मात्र भएको उहाँको भनाई छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहनुभएका मन्त्री बरालले भन्नुभयो,“अन्य राजनीतिक पार्टीले राष्ट्रियता र विभिन्न नदी नाला बेचेर जनताको शीर झुकाउने गरेका छन् । तर माओवादीले अहिलेसम्म त्यस्तो कुनै कार्य गरेको छैन ,यसो भन्न उसलाई नैतिक आधार छ ।”

नेपाल कृषिप्रधान देश भएको नाताले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बस्ती उत्पादमना बृद्धि गर्न नसके विदेशबाट कमाई ल्याएको पैसा बस्तु खरिदमा पुनःविदेश जाने मन्त्री बरालको भनाई थिाये । उहाँले उत्पादनमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

घाचोकको विकासका लागि आफू तल्लिन रहेको बताउँदै उहाँले कृषिको आधुनिकीकरण लागि प्रदेशमा पहिलोपटक घाचोकबाट जग्गा चक्लाबन्दी कार्यक्रम शुरु गरिएको मन्त्री बरालले बताउनुभयो । यसैगरी मुख्यमन्त्री जलबायुमैत्री कृषि गाउँ कार्यक्रम, सडक, पुल, विद्यालय लगायतका कार्यक्रममा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा माओबादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले कम्यूनिष्ट पार्टीलाई स्वदेशी तथा विदेशी शक्ति लागेर विभाजन गरेको बताउँदै माओबादी शक्ति निर्णायक शक्तिको रुपमा रहेको बताउनु भयो । कास्कीमा पार्टी पुनःगठन र संगठन विस्तारलाई तीव्रता दिइएको बताउँदै संयोजक गुरुङले पार्टीले जनता र सरकारको बीचमा पुलको काम गर्दैै आएको उल्लेख गर्नुभयो । पछिल्लो समय महिला,उत्पीडित समुदाय र जनजातिहरु माओवादी केन्द्रमा गोलबन्द हुने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा माओवादी कास्की जिल्ला कार्यालय सदस्य भीमबहादुर विक(क्षितिज)ले राज्य व्यवस्था परिर्वतनको निर्णायक शक्ति माओवादी रहेको र राज्यका निकायहरुमा महिला र दलितको सहभागिता सुनिश्चित गर्न माओवादीको योगदान रहेको चर्चा गर्नुभयो ।

माओबादी केन्द्र माछापुच्छ«े गाउँ कमिटि वडा नम्बर ३ का अध्यक्ष गोपाल पोखेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी कास्कीका जिल्ला सचिवालय सदस्य प्रविणा अधिकारी, माओबादी माछापुच्छ«े गाउँकमिटिका अध्यक्ष बैकुण्ठ भण्डारी, माछापुच्छ«े गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यप्रसाद लम्साल, नेपाली काँग्रेस वडा कमिटी सभापति कृष्णकुमार श्रेष्ठ, माओवादी केन्द्रका गाउँ कमिटी सल्लाहकार चित्रनाथ लम्साल, स्थानीय समाजसेवी रविलाल पोखरेल, पूर्व गाविस अध्यक्ष विशेश्वरप्रसाद लम्साल, गाउँ कमिटी उपाध्यक्ष नारायण दवाडी, सचिव पदम नेपाल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

स्थानियआमा समुह सहितका विभिन्नव्यक्तिहरुले मन्त्री बराललाई पन्चे बाजा सहित फूलमाला लगायर स्वागत तथा सम्मान गर्नुभएको थियो । उक्त अवसरमा पाँच दर्जन व्यक्ति विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको जानकारी दिइएको थियो । माओबादीमा प्रबेश गरेकालाई मन्त्री बराल, पार्टी जिल्ला संयोजक बखानसिँह गुरुङ, अध्यक्ष गोपाल पोखरेल सहितको टोलीले अविर तथा फूलमाला लगायर स्वागत गर्नुभयो ।

पार्टी प्रबेश गर्नेहरुमा जीवन नेपाली, दुर्गा मिजार, पूर्ण नेपाली, हरिमाया नेपाली, टेक बहादुर नेपाली, डम्बर नेपाली, अर्जुन नेपाली, बिष्णु नेपाली, राजकुमार नेपाली, लक्ष्मी नेपाली, मन कुमार नेपाली, सुन कुमारी नेपाली, सरस्वती नेपाली, तिलकुमारी पोखरेल रहनुभएको छ ।

यसैगरी शान्ति नेपाली, आसा नेपाली, समुन्द्र नेपाली, राजेश नेपाली, सुस्मीता नेपाली, ओम नेपाली, शोभा नेपाली, विर नेपाली, गोविन्द पोखरेल, केसवराज पोखरेल, बिष्णु प्रसाद पोखरेल,घनश्याम पोखरेल पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको वडा कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

Comments
Loading...