काँग्रेस बैदामको शुभकामना आदान प्रदान कार्यक्रम

हिमाली आवाज । नेपालीहरुको महानपर्व विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, तथा इदको उपलक्ष्यमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. ६ इकाई बैदामले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुमार खडकाले कम्यूनिष्ट शासकहरुले देश र जनताको वारेमा सोच्न नसकेको केवल आफ्ना नेता र वरिपरिका मान्छेहरुको मात्र स्वार्थ हेरेर कार्य गरेको बताउनुभयो ।

पूर्व कास्की जिल्ला पार्टी सभापति तथा महासमिति सदस्य खेमराज पौडेलले बैदाम क्षेत्र काग्रेस उर्वर भुमि रहेको बताउदै, बैदाम काग्रेस अग्रजले देखाएको बाटोमा हिड्न सुझाब दिनुभयो ।

इकाइ सभापति सन्तोष पौडेलले अव नेपाली कांग्रेसको पहिलो काम कम्यूनिष्टलाई परास्त गराएर स्थानिय चुनावमा वडाको पाचै सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने रहेको बताउनुभयो ।

तरुण कास्कीका अध्यक्ष मनोज गुरुङले तरुण यूवाहरुलाई साथ लिएर अघि बढे मात्र काग्रेसको भविष्य उज्वल रहने बताउनुभयो ।
पोखरा महानगर पालिका वडा न ६का अध्यक्ष जगतबहादुर पहारीले बैदाममा रहेका बसुन्धारा पार्क , कोमागाने पार्क र क्यामपिन पार्क अवस्थित रहेको हुदा यसलाई ब्यवस्थित गरि पर्यटकीय स्थल बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

पूर्व वडा अध्यक्ष तथा जग्गा दाता होमबहादुर लामिछानेले काग्रेसमा अहिले अग्रजलाई सम्मान गर्ने परिपाटी हराएकोले अग्रजहरुको राय सुझाव र सल्लाहमा अघि बढन नेतृत्व तहलाई आग्रह गर्नुभयो ।क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले आगामी हुने तिनै तहको निर्वाचन जिताउन एक भएर लाग्नु पर्ने बताउनुभयो ।

महानगर सभापति सुरेन्द्रमान विजुक्छेले वडा इकाई महानगरको जग भएकोले वडा इकाई वलियो भएपछि मात्र महानगर वलियो हुने दावी गर्नुभयो ।

यस्तै पर्यटन ब्यवसायी तथा क्षेत्रिय प्रतिनिधि गणेश बहादुर भट्टराईले प्रजातन्त्र जोगाइ राख्ने पाटि नेपाली काग्रेस भएको हुदा देश र प्रजातन्त्र जोगाउनका लागि नेपाली काग्रेस एकजुट भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

वडा इकाइका सभापति सन्तोष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा इकाइ उपसभापति शिवजि कुवर, महिला सघं इकाइ सभापति मन्धरा ढकाल, नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी ६का अध्यक्ष गिरिराज अधिकारी, सचिब शिब जिसी र प्रकाश न्यौपाने लगाएतले आफ्ना भनाइ राख्नुभएको थियो ।

Comments
Loading...