माछापुच्छ्रे गाउँपालिकाबाट नगद १५ लाख सहित ११ जुवाडे पक्राउ(नामावली सहित)

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट प्रहरीले नगद रु १५ लाख सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
माछापुच्छ«े गाउँपालिका–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार विहान जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेको अवस्थामा रु १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्ला बस्ने २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईड बस्ने २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरे बस्ने २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ ड्यामसाईड बस्ने ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटन बस्ने २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटन बस्ने ३२ वर्षीय कर्ण के.सी. रहेका छन् ।

यसैगरी चितवन भरतपुर महानगरपालिका–१ घर भई पोखरा बसपार्क बस्ने ३५ वर्षीय राजु घिमिरे, पोखरा–८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदाम बस्ने ४३ वर्षीय राजु कार्की, पोखरा–२६ अर्घौंअर्चले बस्ने ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका –८ घर भई हाल पोखरा– १७ ड्यामसाईड बस्ने ३९ वर्षीय मन बहादुर खड्का रहेका छन् ।

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

Comments
Loading...